को हुन् छैटौं कोरोना संक्रमित महिला ?

  २०७६ चैत २० गते १६:५३     विकासन्युज

काठमाडौं । नेपालमा पुनः एक जनामा कोरोना संक्रमण देखिएको छ । काेभिड-१९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोनाको छैटौं संक्रमण नेपालमा देखिएको बताएका हुन् ।

कतार एयरवेयजबाट चैत ४ गते आएकी ती संक्रमित ६५ वर्षीय महिला हुन् । उनी बाग्लुङकी रहेको मन्त्रालयले बताएको छ । उनी चैत ४ गते कतार एयरवेयजको क्युआर ६५२ नम्बरको फ्लाइटबाट काठमाडौं आएकी थिइन् ।

यसअघि सो फ्लाइटबाट आएका दुईजनामा कोरोना पोजेटिभ देखिएको थियो । यसअघिका दाेस्राे र पाँचाैं सक्रमित पनि त्यही क्युआर ६५२ नम्बरको फ्लाइटमा नेपाल आएका थिए । अब संक्रमितहरूमा ३ युवती र ३ पुरूष रहेका छन् ।

दोस्रो व्यक्तिलाई नेपाल आएको छैटौं दिनमा कोरोना भएको पुष्टि भएको थियो भने पाँचौंलाई ११ औं दिनमा र छैटौंलाई १६ औं दिनमा कोरोना भएको पुष्टि भएको हो । तेस्रो काेराेना संक्रमित धादिङको, चौथो धनगढीको र पाँचौं बाग्लुङको व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

‘आज एउटा पोजिटिभ देखिएको छ, यसको विस्तृत विवरण आउन बाँकी छ, हाम्रो ट्रेसिङको काम गर्ने टोलीलाई र सम्बन्धित चिकित्सकहरुलाई यो कुरा जानकारी गराइएको छ’, प्रवक्ता डा. देवकोटाले भने ।

‘उहाँहरुले केस पोजेटिभ आएपछि गर्नुपर्ने कार्य गर्न थाल्नुभएको छ। यो पोजेटिभ केसबारे अहिलेलाई योभन्दा बढी जानकारी छैन,’ उनले भने ।

मन्त्रालयले ती महिलामा संक्रमण भेटिएको पुष्टि गरे पनि यता शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीले भने यस विषयमा आफूहरुलाई कुनै जानकारी नभएको बताए।

सम्बन्धित समाचारः

नेपालमा फेरि एक जनामा देखियाे काेराेना, पुगे छ जना संक्रमित

नेपालमा थप एक जनामा देखियाे काेराेना, संक्रमितकाे संख्या ३ पुग्याे

नेपालमा एक जनालाई देखियो कोरोना

धनगढीमा भेटियो चौथो कोरोना संक्रमित बिरामी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.