नेपालमा थप एक जनालाई देखियो कोरोना

  २०७६ चैत १० गते १२:३२     विकासन्युज

काठमाडाैं । नेपालमा थप एक जनालाई काेराेना देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले एक जनामा काेराेना देखिएकाे बताएका हुन् ।

उनले साेमबारकाे पत्रकार सम्मेलनमा थप एक जनामा काेराेना देखिएकाे बताएका हुन् ।  फ्रान्सबाट कतार हुँदै आएकी ती महिलामा हिजाे साँझ मात्र काेराेना पाेजेटिभ देखिएकाे उनले बताए ।

अहिले टेकु अस्पतालमा उपचार भइरहेको जानकारी दिए । १९ वर्षीया ती युवतीमा कोरोना भाइरसको संक्रमण आइतबार साँझ पुष्टि भएको मन्त्री ढकालले जानकारी दिए।

फ्रान्समा पढ्न गएकी ती विद्यार्थीकाे नाम, ठेगाना खुलाउनु राम्राे नहुने मन्त्री ढकालले बताए ।

‘उनको परिवारलाई क्वारेन्टाइनमा राखेका छौं र उनी सँगै जहाजमा आएका अन्य मानिस कहाँ-कहाँ छन्? भनेर खोजी गर्दैछौं’, पत्रकार सम्मेलनमा मन्त्री ढकालले भने।

याेसँगै हालसम्म नेपालमा काेराेनाकाे दुई केस देखा परेका छन् । पहिलाे ससंक्रमित भने निकाे  भएर घर गईसकेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.