धनगढीमा भेटियो चौथो कोरोना संक्रमित बिरामी

  २०७६ चैत १४ गते १९:११     विकासन्युज

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९)काे चाेथाे संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकाेटाले शुक्रबार साँझ फेसबुक लाइभ मार्फत धनगढीकाे एक जनामा कोरोना पोजेटिभ देखिएको जानकारी गराएका हुन् ।

संक्रमित व्यक्ति सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारमा रहेका छन् । हाल उनको अवस्था सामान्य छ । उनी ३४ वर्षका नेपाली पुरूष हुन् । दुबईबाट आएका उनी चैत ११ गते अस्पताल भर्ना भएका थिए ।

‘यसले उपत्यका बाहिर पनि काेराेना संक्रमित छन् भन्ने पुष्टि गर्छ । त्यसैले विदेशबाट आउनु भएका सबैलाई होम क्वारेनटाइनमा बस्न र अन्य व्यक्तिहरू पनि यसबारे सचेत रहनुहुन आग्रह गर्दछु ‘- प्रवक्ता डा. देवकाेटाले भने ।

मन्त्रालयले यसअघि सवा ४ बजे गरेको ब्रिफिङमा ८०२ जनाको परीक्षण गर्दा नयाँ संक्रमित नभेटिएको जानकारी दिएको थियो।

यससँगै नेपालमा कारोनाको संक्रमित संख्या ४ पुगेकाे छ । जसमध्ये एक जनालाई निकाे भइसकेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.