यी हुन् अमेरिकासँग अर्बौं डलर ऋण लिने देश

  २०८० माघ १६ गते १५:०६     विकासन्युज

काठमाडौं । अमेरिकाले विभिन्न देशका सरकार, केन्द्रीय बैंक, कम्पनी र व्यक्तिगत लगानीकर्तालाई खर्बौं डलरबराबर ऋण दिने गर्छ ।

यस्तो ऋणमा अमेरिकी ट्रेजरी बन्ड र अन्य सेक्युरिटीहरू समावेश छन्, जुन लोकप्रिय छन् । किनभने, त्यसलाई सुरक्षित लगानी मानिएको छ ।

धेरै देशहरूले अमेरिकी ट्रेजरी सेक्युरिटीहरू (‘ट्रेजरी’ भनेर पनि चिनिन्छ) किन्छन् किनभने तिनीहरू उपलब्ध सुरक्षित लगानी विकल्पहरूमध्ये एक मानिन्छ ।

विदेशी राष्ट्रहरूको स्वामित्वमा अमेरिकी ऋण कति छ ?

सन् २०२३ जनवरीसम्म विभिन्न देशले ट्रेजरीमा ७ खर्ब ४० अर्ब डलरबराबरको स्वामित्व राखेका छन् । यो कुल अमेरिकी ऋणको लगभग २४ प्रतिशत हो ।

विगत दुई दशकमा केन्द्रीय बैंकहरू र अन्य सरकारी संस्थाहरूले विदेशी स्वामित्वको ऋणको ५० देखि ७५ प्रतिशत स्वामित्व पाएका छन् भने बाँकी स्वतन्त्र लगानीकर्ता र कम्पनीहरूले पाएका छन् ।

सन् २००० मा अमेरिकाबाट संसारका विभिन्न देशले १ खर्ब ७० अर्ब डलरबराबर ऋण लिएका थिए । यो कुल ऋणको १८ प्रतिशत थियो ।

यो बढ्दै गएर २०१४ मा ७ खर्ब ७० अर्ब डलर पुगेको थियो । यो भनेको अमेरिकाले दिने कुल ऋणको ३४ प्रतिशत हो । यो हिस्सा अमेरिकी इतिहासकै उच्च हो ।

महामारीको सुरुमा साउदी अरब, चीन र ब्राजिलजस्ता देशले छोटो अवधिको पुँजीका लागि अमेरिकी ट्रेजरीहरूको सेयर बेच्दा अमेरिकी ऋणको विदेशी स्वामित्व घट्यो ।

२०२० को अन्त्यमा विभिन्न देशले विदेशी ऋण खरिद गर्न पुनः सुरु गरे पनि त्यसयता कुल विदेशी स्वामित्वको ऋण घटेको छ ।

कुन देशमा सबैभन्दा बढी अमेरिकी ऋण छ ?

विगत २० वर्षमा जापान र चीनले कुनै पनि विदेशी राष्ट्रको तुलनामा धेरै अमेरिकी कोषको स्वामित्व पाएका छन् ।

२००० र २०२२ को बीचमा जापानको स्वामित्व ५ खर्ब ३४ अर्ब डलरबाट बढेर १० खर्ब डलर पुगेको छ, जबकि चीनको स्वामित्व १० अर्ब १ करोडबाट ८ खर्ब ५५ अर्ब डलर पुगेको छ ।

जापान र चीनले २००४ र २००६ को बीचमा सबै विदेशी स्वामित्वको अमेरिकी ऋणको लगभग ५० प्रतिशत ओगटेका थिए । यद्यपि, यो समयसँगै घट्दै गएको छ र २०२२ सम्म तिनीहरूले विदेशी स्वामित्वको ऋणको लगभग २५ प्रतिशत नियन्त्रण गरे ।

२०२३ जनवरी सम्म सबैभन्दा धेरै अमेरिकी ऋणको स्वामित्वमा रहेका देशहरू क्रमशः जापान १० खर्ब १० अर्ब टडलर, चीन ८ खर्ब ५९ अर्ब डलर, बेलायत ६ खर्ब ६८ अर्ब डलर, बेल्जियम ३ खर्ब ३१ अर्ब डलर, र लक्जेमबर्ग ३ खर्ब १८ अर्ब डलर, स्वीजरल्याण्ड २ खर्ब ९० अर्ब डलर, द केम्यान आइल्याण्ड २ खर्ब ८५ अर्ब ३० करोड डलर, क्यानडा २ खर्ब ५४ अर्ब १० करोड डलर, आयरल्याण्ड २ खर्ब ५३ अर्ब ४० करोड डलर र ताइवान २ खर्ब ३४ अर्ब ६० करोड डलर हुन् ।

विभिन्न सन्धि, प्रतिबन्ध, छोटो अवधिको पुँजीको आवश्यकता र अन्य विविध कारण पछिल्ला केही वर्षदेखि रूस, चीन र इन्डोनेसियाका लगानीकर्ताहरूमा व्यापक मात्रामा अमेरिकी ऋणको गिरावट हुन पुगेको थियो ।

अहिले अधिकांश विदेशी लगानीकर्ताको एक दशकअघिको तुलनामा धेरै अमेरिकी ऋण छ ।

विदेशमा कस्तो प्रकारको ऋण छ ?

अमेरिकाले दुई मुख्य प्रकारको ऋण प्रदान गर्दछ– सार्वजनिक र अन्तरसरकारी । सार्वजनिक ऋणलाई ट्रेजरी बन्ड, बिल र नोटका रूपमा विदेशी सरकारहरूसहित बाहिरका लगानीकर्ताहरूलाई बेचिन्छ । यसले विभिन्न सरकारी गतिविधिहरूलाई कोष दिन्छ र पुरानो ऋण तिर्न सक्छ ।

अर्कातर्फ, सरकारको आफ्नै कार्यक्रमबाट तिर्नुपर्ने भनेको अन्तरसरकारी ऋण हो । जसमा सामाजिक सुरक्षा, चिकित्सा, सेवानिवृत्ति कोष र अन्य कार्यक्रमका लागि दिइन्छ ।

विदेशी सरकारहरूले मुख्यरूपमा सार्वजनिक ऋण खरिद गर्छन् किनभने यो बजारयोग्य छ र यसलाई पुनः बेच्न सकिन्छ । यसको विपरीत अन्तरसरकारी ऋण मुख्यतया अमेरिकी सरकारद्वारा नियन्त्रित छ र खुला बजारमा कारोबार गर्न सकिँदैन ।

किन विभिन्न देशले अमेरिकी ऋण किन्छन् ?

विदेशी लगानीकर्ताहरूले अमेरिकी ट्रेजरी सेक्युरिटीहरू किन्छन् किनभने तिनीहरू विश्वको सबैभन्दा सुरक्षित सम्पत्तिहरूमध्ये एक हुन् ।

विशेषगरी आर्थिक अनिश्चितताका बेला पनि समयमै ऋण चुक्ता गर्ने अमेरिकी सरकारको प्रतिबद्धताले धेरै विदेशी मौद्रिक नीतिहरूमा ट्रेजरीलाई प्रमुख विषय बनाउने गर्छ ।

अमेरिकी डलरको महत्त्वपूर्ण रकम होल्ड गर्नु फाइदाजनक हुन सक्छ किनभने यो अन्तर्राष्ट्रिय व्यापार र लेनदेनमा व्यापकरूपमा स्वीकृत मुद्रा हो । यूएस ट्रेजरी सेक्युरिटीहरूको स्वामित्वले पोर्टफोलियो विविधीकरणजस्ता अतिरिक्त लाभहरू प्रदान गर्न सक्छ । साथै विश्वभर उपलब्ध अन्य सरकारी बन्डहरूको तुलनामा उच्च प्रतिफल दर पनि प्रदान गर्न सक्छ । एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.