नेपालमा थप एक जनामा देखियाे काेराेना, संक्रमितकाे संख्या ३ पुग्याे

  २०७६ चैत १२ गते १२:३५     विकासन्युज

काठमाडौं । नेपालमा पुनं एक जनामा कोरोना पोजेटिभ देखिएको छ ।  टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालल हिजो पठाएको नमुनामा कोरोना भाईरस पोजेटिभ देखिएको हो ।

‘संक्रमित व्यक्ति पुरुष हुन् उनी करिब ३० वर्षका छन्। उनकाे हाल टेकुमै उपचार भइरहेको छ’ – राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सुचना अधिकारी राजेश गुप्ताले बताए।

याेसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन पुगेको छ । सोमबार मात्र स्वास्थ्य मन्त्रालयले पत्रकार सम्मेलन मार्फत एक फ्रान्सबाट दोहा हुँदै चैत ४ गते नेपाल आएकी १९ वर्षीय विद्यार्थीमा कोरोना पोजेटिभ देखिएको जानकारी दिएको थियो ।

नेपालमा पहिलोपटक चीनबाट आएको विद्यार्थीमा देखिएको थियो । उनी भने हाल निको भएर घरमै बसेका छन् ।

नेपालमा अहिलेसम्म ६८७ जनाको नमुना परीक्षण भएकाे छ। जसमध्ये ६८४ को रिपोर्ट नेगेटिभ आएको छ भने ३ जनाकाे रिपाेर्ट पाेजेटिभ आएकाे छ।