कोरोना लागेको भन्दै कञ्चनपुरमा सातजनालाई घरबाट निकालियो

  २०७६ चैत १४ गते १४:५७     विकासन्युज

काठमाडौं । सूदुरपश्चिमको कञ्चनपुरमा कोरोना भाइरस लागेको भन्दै सातजनालाई घरबाट निकालिएको छ । जिल्लाको बेलडाँडी गाउँपालिकाको एक गाउँमा उनीहरुलाई कोरोना लागेको भन्दै घरबाट निकालिएको बताइएको छ ।

उनीहरु केहीदिन अघि मात्रै भारतबाट घर फर्केका थिए । भारतमा कोरोना संक्रमण फैलिएको र उनीहरुलाई पनि कोरोना लागेको हुन सक्छ भन्दै घरबाट निकालिएको बताइएको छ । डडेलधुराको गन्यापधुरा गाउँपालिका १ कि खिमादेबी दमाईलगायत सात जना कोरोनाको त्रासका कारण भारतबाट आएर बेलडाँडी गाउँपालिका २ स्थित आफ्ना छोरी ज्वाँईका घरमा आएका थिए।

तर, ज्वाँईका बुबाले उनीहरुलाई घरबाट निकालेका हुन् । खिमाका सम्धिसम्धिनीले कोरोना भाइरस (कोभिड(१९) ल्याएको भन्दै घरबाट निकालि दिएका थिए । उनीहरूदाई घरबाट निकलेपछि बेलडाँडी गाउँपालिका गन्यापधुरा गाउँपालिका प्रमुख नवल बहादुर मल्लसँग समन्वय गरेर घरसम्म नै पुर्याउने प्रबन्ध मिलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.