कोरोना पुष्टि भएपछिकाे सबै उपचार खर्च सरकारले बेहोर्ने

  २०७६ चैत २ गते १३:३९     डोमी शेर्पा

काठमाडौं । काेराेना भएको पुष्टिभएपछिकाे उपचार खर्च सबै सरकारले बेहोर्न भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री ढकालले आईतबार बसेकाे राष्ट्रिय सभाको बैठकमा काेराेना भएको पुष्टिभएपछिकाे उपचार खर्च सबै सरकारले बेहोर्न बताएका हुन् । उनले यो स्वास्थ्य मन्त्रालयको मात्र नभएर समग्र नेपाल सरकारको निर्णय भएको बताएका छन् ।

कोरोना देखिहाले उपचार खर्च कसले बेहोर्छ भन्ने धेरै जनाको चाँसोको विषय थियाे ।

सरकारले तोकेको अस्पतालमा बिरामीले उपचार गर्न चाहेको अवस्थामा सबै खर्च सरकारले बेहोर्न स्वास्थ्य मन्त्रालयका सुचना अधिकारी गणेश श्रीभास्तभले पनि बताएका छन् । उनी भन्छन्, ‘सरकारले तोकेका बाहेका अन्य स्वास्थ्य संस्थामा गरिएको उपचार खर्च भने सरकारले बेर्होेदैन । ’

बैठकमा बोल्दै मन्त्री ढकालले देशभरमा २ सय ३५ शैया आइसियु कोरोनाका बिरामीको उपचारका लागि तयारी अवस्थामा राखिएको पनि जानकारी दिए। उनका अनुसार उपत्यकामा १ सय २० र उपत्यकाबाहिर १ सय १५ गरी २ सय ३५ वटा आइसियु तयारी गरिएको छ।

कोरोनाले विश्वबजारमा पारेको प्रभावले मानिसहरु त्रसित छन् । विश्व स्वास्थ्य संगठनले यसलाई गतसाता महामारी घोषण गरिसकेको छ ।

नेपालमा भने हालसम्म १ जनामा कोरोना देखिएर निको भईसकेपछि दोस्रो व्यक्तिमा कोरोना देखिएको छैन । यधपी नेपालीहरुमा कोरोनाकाे त्रास बढ्दो छ । सरकारको तयारीमा मानिसहरु विश्वास गर्न सकिरहेका छैनन तर सरकारले कोरोना विरुद्धका आफ्नो रणनितिहरु भने शुक्रबार प्रस्तुत गरिसकेको छ ।

संसारभर यस महामारीबाट जम्मा १ लाख ५६ हजार ८ सय ८० जना संक्रमित भईसकेका छन् । यस्तै ५ हजार ८ सय ३९ जनाको मृत्यु भईसकेको छ भने ७५ हजार ९ सय ३७ जना निको भएर घर फर्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.