प्राणोदय आधारभूत विद्यालयलाई मुक्तिनाथ विकास बैंकको सहयोग

  २०७६ फागुन १६ गते १४:५८     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ठिमीस्थित श्री प्राणोदय आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकुदको सामाग्री वितरण गरेको छ ।

उक्त सामाग्रीहरु श्री प्राणोदय आधारभूत विद्यालयका प्राधानाध्यापक सरिता अधिकारीलाई बैकको ठिमी शाखाका शाखा प्रमुख दिनेश श्रेष्ठले हस्तान्तरण गरेका हुन् ।

यस विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.