राइटपाथले काठमाडौंसहित देशका प्रमुख सहरमा ‘ग्राण्ड एजुकेशन कन्क्लेभ’ गर्दै

  २०८१ वैशाख २७ गते ७:२७     विकासन्युज

काठमाडौं । शैक्षिक परामर्शदाता राइटपाथ करियर काउन्सिलिङले ‘ग्राण्ड एजुकेशन कन्क्लेभ २०२४’ आयोजना गर्ने भएको छ । राजधानीस्थित पुतलीसडकमा रहेको राइटपाथले २९ वैशाख देखि ८ जेठसम्म ग्राण्ड एजुकेशन कन्क्लेभ आयोजना गर्ने भएको हो ।

राइटपथका अनुसार कन्क्लेभ काठमाडौंबाट सुरु भई देशका विभिन्न ठूला तथा मुख्य सहरहरूमा पुग्नेछ । वैशाख २९ गते काठमाडौं, ३१ गते धनकुटा, जेठ ३ गते हेटौँडा, जेठ ४ गते चितवन, ५ गते बुटवल, ६ गते दाङ र ८ गते ललितपुरमा कन्क्लेभ हुने तालिका छ ।

कन्क्लेभमा एप्लिकेसन प्रोसेसिङमा शतप्रतिशत अफर रहेको छ भने फ्रि मुभी टिकेट तथा एक्साइटिङ गिफ्ट ह्याम्फरहरूको पनि व्यवस्था गरिएको छ । त्यस्तै, अमेरिकालक्षित २५ हजारसम्मको स्कलरसिप अफरदेखि ६ हजार लाग्ने आईएएल्स २ हजार ८१ रुपैयाँमै गर्न सकिने व्यवस्था गरिएको छ ।

साथै २० भन्दा धेरै ख्यातिप्राप्त विश्वविद्यालयका प्रतिनिधिहरूलाई विद्यार्थीहरूले एकै छानामुनि भेट्न सकिने राइटपथले जनाएको छ ।

राइटपाथका प्रमुख कार्यकारी अधिकृत (सीईओ) फिलिप्स डिसीले भने, ‘युनीभर्सिटीका रेप्रिजेन्टेटिभबाटै विद्यार्थीहरूले सत्य तथ्य जानकारी पाउन सकुन् भन्ने नै हाम्रो कार्यक्रमको उद्देश्य हो । विद्यार्थीहरूको रिसर्चमा पनि यस्ता कार्यक्रमले धेरै मद्दत पुर्‍याउँछ । कतिपयले अफर लेटर हेर्न ढिलाइ गर्नु भएको पनि हामीले पाउने गरेका छौँ ।’

उनले वैशाख ३० गते सम्पन्न हुने भनिएको अफर आगामी जेठ ८ गतेसम्म कायम हुने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.