एनसेलले मासिक र साप्ताहिक विजेतालाई दियो १० लाख नगद पुरस्कार

  २०७६ फागुन ८ गते १९:१५     विकासन्युज

काठमाडौ । एनसेलले आफ्नो ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत मासिक र साप्ताहिक विजेता ग्राहकलाई प्रतिव्यक्ति १० लाख रुपैयाँ दिएको छ । कम्पनीले बिहीबार (फागुन ८) भाग्यशाली ग्राहक ईलामकी गंगा माया राई र रुपन्देहीका टीकाराम बलाल मगर दुबैलाई १० लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

राई यस योजना अन्तर्गत दोस्रो महिनाको भाग्यशाली मासिक विजेता हुन् भने मगरले तेस्रो महिनाको मासिक विजेता बन्दै १० लाख रुपैयाँ जितेका हुन् । यस योजना अन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता २ लाख रुपैयाँ नगद र प्रत्येक महिना १० लाख रुपैयाँ नगद जित्ने मौका पाएका थिए ।

बिहीबार तीन भाग्यशाली साप्ताहिक विजेता ग्राहकहरुले पनि जनही २ लाख रुपैयाँ पुरस्कार ग्राहण गरेको छन् । योजनाको ११ औं हप्ता अन्तर्गत कैलालीका किरेम चौधरी र सुनसरीकी कृतिशा उराँवले जनही २ लाख रुपैयाँ जिते भने १२ औं हप्ता अन्तर्गत बाराका अरमान देवानले २ लाख रुपैयाँ जितेका छन् ।

कलाकार जितु नेपाल र सन्ध्या के.सीले बिहीबार एक कार्यक्रममाझ मासिक र साप्ताहिक विजयी ग्राहकलाई नगद हस्तान्तरण गरेका थिए । यस योजना अन्तर्गत ६० भाग्यमानी साप्ताहिक विजेता ग्राहक मध्ये, ३४ जना ग्राहकहरुले आफ्ना नगद पुरस्कार ग्रहण गरिसकेका छन् भने बाँकी ग्राहकहरु प्रमाणिकरण प्रक्रियामा रहेका छन् ।

यसअघि पुष १६ मा सिराहाका जितेन्द्र कुमार कामतीले यस योजना अन्तर्गत पहिलो मासिक विजेता बनि नगद पुरस्कार रु १० लाख ग्रहण गरिसकेका छन् ।

एनसेलले आफ्नो कष्टमर लोयल्टी कार्यक्रम अन्तर्गत यो योजना गत मंसिर १ गतेदेखि तीन महिना संचालन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.