एकैदिन तोलामा २७ सयले घट्यो सुनको मूल्य

  २०८१ वैशाख ११ गते ११:३४     विकासन्युज

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला २७ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँ कारोबार भएको छापावाला सुन मंगलबार प्रतितोला २७ सय रुपैयाँले घटेर १ लाख ३५ हजार ५ सय रुपैयाँ कारोबार भएको छ ।

त्यस्तै, मंगलबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको छ । साथै मंगलबार चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेर १६ सय ६० रुपैयाँमा कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.