दुगड ब्रदर्सद्वारा ‘राईड टु चित्लाङ्ग २०१९’ सम्पन्न

  २०७६ पुष ८ गते ९:२४     विकासन्युज

काठमाडौं ।  दुगड ब्रदर्स एण्ड सन्स प्रा.लि ले शनिबार ‘राईड टु चित्लाङ्ग २०१९’ सम्पन्न गरेको छ । नक्सालस्थित अप्रिलियाको स्वरुमबाट शुरु गरी चित्लाङ्गको अर्गानिक भिलेज रिसोर्टमा पुगी विभिन्न मनोरञ्जनात्मक खेल सहित कार्यक्रम सम्पन्न गरेको थियो ।

उक्त राईडको फ्ल्याग अफ दुगड़ व्रदर्श एण्ड सन्सका भाईस प्रेसिडेण्ट विजय कुमार महत्तोले गरेका थिए । नेपाल भ्रमण वर्ष २०२० का लागि नेपालको प्राकृतिक रमणीय स्थल मध्ये एक मानिने सुन्दर चित्लाङ्ग गाउँको प्रवद्र्धनका निमित्त उक्त राईड आयोजना गरिएको थियो ।

नेपालको टु ह्विलर्सको ईतिहासमा सम्भवतः पहिलो पटक १ सय जना भन्दा बढी क्रेताहरुलाई नाईट आउट राईडमा लगिएको हो । युवा जमातले रुचाइएको अप्रिलिया ब्राण्डको स्कुटरको उक्त राईडलाई मार्शल सागर थापा र विभव कार्कीले नेतृत्व गरेका थिए ।

सवारी चलाउँदा धैर्यता, अनुशासन र अनुभव चाहिने हुदाँ मार्शलद्वयले उक्त १ सय जनाको समूहलाई प्रोत्सान गर्दै चित्लाङ्गसम्म पु¥याएका थिए । उक्त कार्यक्रमका एक सय राईडरका लागि कुशल व्यवस्थापन ब्राण्ड मेनेजर करुणा पुडासैनीे र उनको टिमले गरेका थिए । राईडरहरुलाई चित्लाङ्गमा साँझ विभिन्न खेल खेलाई विजयताहरुलाई पुरस्कार दिनुका साथै विभिन्न विधामा अवार्ड पनि वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.