छायाँ सेन्टरमा क्रिसमस मार्ट २०१९ शुरु

  २०७६ मंसिर २८ गते १६:५८     विकासन्युज

काठमाडौं । क्रिसमस डे नजिकिदै गर्दा राजधानीको ठमेल स्थित छाँया सेन्टरमा क्रिसमस मार्ट २०१९ शुरु भएको छ ।  शुक्रबार एक कार्यक्रमका बिच जमर्न दुतावासकी डेपुटी चिफ अफ मिशन डा. क्लाउडिया हाईपलले मार्टको उद्घाटन गरिन् । मार्ट उद्घाटन गर्दै हाईपलले मार्टले क्रिमसका बेला सबै पक्षको पारिवारिक, सामाजिक तथा व्यवसायिक वातावरण सुमधुर बनाउन टेवापुग्ने विश्वास व्यक्त गरिन् ।

नेपाल भ्रमण बर्ष २०२० को प्रवद्र्धनका लागि नेपाल पर्यटन बोर्ड र नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्र्स एजेन्टसको सहकार्यमा कार्ल डुईस वर्ग सोसाइटी नेपाल र इभेन्ट शोलुसन प्रालिको संयुक्त आयोजनामा मार्ट सञ्चालन गरिएको हो । नजिकदै गरेको क्रिसमस डे र नेपाल भ्रमण बर्ष २०२० बो पूर्वसन्ध्यामा गरिएको यस कार्यक्रमले नेपालको पयर्टन प्रबद्धनमा सहयोग पुग्ने अपेक्षा लिइएको कार्ल डुईसवर्ग सोसाइटी नेपालका अध्यक्ष विजय सागर प्रधानले बताए ।

क्रिसमस मार्टमा लाइभ कन्सर्टका साथै विभिन्न आकर्षक कार्यक्रम राखिएकोे कार्यक्रम संयोजक मन्जु धमला थापाले जानकारी दिईन् । उनका अनुसार मार्टमा स्वप्न सुमन, द ट्रिपलेटस्, लु सिड ड्रिम्स तथा प्रितिका थापा मगर लगायतको लाइभ रहने छ । साथै नजिकदै गरेको क्रिमसश डे लाई लक्षित गर्दै विभिन्न स्टलहरु पनि रहने छन् ।

विभिन्न परिकारका खाना, बेकरी, डेकोरेशन, शान्ता क्लज, किड जोन लगायत आर्कषक उपहार समेत रहने आयोजकले जनाएको छ । क्रिसमस मार्ट विहान ८ बजेदेखि राति ११ बजेसम्म संचालन हुनेछ । आइतबार राती मार्टको समापन हुने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.