वर्षेनि बढ्दै खजुरीको नेपालको व्यापार, एकै वर्षमा गर्यो पौने दुई अर्बको आम्दानी

  २०८० फागुन ११ गते १६:३९     विकासन्युज

काठमाडौं । खजुरीको नेपाल प्राइभेटले एक वर्षमा एक अर्ब ७३ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । बिस्कुट, कुकीज र पफको उत्पादन गर्दै आएको कम्पनीले सन् २०२३ मा सो रकम बराबरको व्यापार गरेको हो ।

जुन सन् २०२२ को तुलनामा सामान्य प्रतिशतले बढी हो । सन् २०२२ मा कम्पनीले एक अर्ब ६५ करोड ४२ लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । त्यस्तै, कम्पनीले सन् २०२१ मा एक अर्ब २८ करोड ६० लाख, २०२० मा एक अर्ब १५ करोड २० लाख र २०१९ मा ९९ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । यो तथ्यांकले कम्पनीको व्यापार वर्षेनि निरन्तर बढ्दै गएको देखिन्छ ।

सन् १९९४ देखि एक स्वामित्व फर्मको रुपमा सञ्चालित यस कम्पनी अप्रिल २००४ मा व्यापार सञ्चालनहरू लिनको लागि गाभिएको थियो । कम्पनीले हाल ललितपुर, चितवन र मकवानपुरबाट बिस्कुट, कुकिज र पफ उत्पादन गर्दै आएको छ । एउटै परिवारका ६ जनाले सञ्चालन गर्दै आएको यस कम्पनीको अध्यक्षमा ओमनाथ महर्जन रहेका छन् ।

कम्पनीले व्यापार विस्तारका लागि ऋण सुविधा लिने भएको छ । कम्पनीले एक अर्ब १० करोड रुपैयाँ बराबरको ऋण सुविधा लिन केयर रेटिङ नेपालबाट रेटिङ गराएको छ । जसअन्तर्गत कम्पनीले दीर्घकालिन कर्जा सुविधा (८७ करोड ४७ लाख रुपैयाँ) का लागि एल डबल बी र अल्पकालिन कर्जा सुविधा (२२ करोड ५३ लाख रुपैयाँ) का लागि ए फोर रेटिङ पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.