गरिमा विकास बैंकको बार्षिकोत्सवको अवसरमा ११ स्थानमा रक्तदान

  २०७६ मंसिर ७ गते १५:३०     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंकको १३ औं बार्षिकोत्सवको अवसरमा ११ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । बैंकको स्थापनाको १२औं बर्ष पूरा गरी १३औं बर्षमा प्रवेश गरेको अवसरमा २०७६ मंसीर ७ गते शनिबार देशका विभिन्न ११ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
विकास बैंकले केन्द्रीय कार्यालय लाजिम्पाट, शाखा कार्यालयहरु स्याङ्गजाको वालिङ्ग, रुपन्देहीको बुटवल, म्याग्दीको वेनी, चितवनको नारायणगढ, झापाको विर्तामोड र दमक, सुनसरीको धरान, सुर्खेतको वीरेन्द्रनगर, कैलालीको धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।

उक्त स्थानहरुमा भएको रक्तदान कार्यक्रबाट पाँच सय युनिटभन्दा बढी रगत संकलन भएको छ । विकास बैंकले आफ्नो बार्षिकोत्सवको अवसरमा प्रत्येक बर्ष विभिन्न सामाजिक उत्तरदायित्व मुलक कार्यक्रमहरु सम्पन्न गर्दै आईरहेको छ ।

काठमाडौंको लाजिम्पाटमा केन्दीय कार्यालय रहेको यस विकास बैंकको हाल काठमाडौंमा १० वटा शाखा सहित देशभर ९० शाखा र ४९ वटा एटिएम संचालनमा छन । २०७६ मंसीर ६गतेसम्म विकास बैंकले करिब ३६अर्ब निक्षेप संकलन गरी ३२ अर्ब कर्जा लगानी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.