आर्किटेक्चर स्टुडेण्ट्स डिजाइन प्रतियोगिताका विजेताहरु पुरस्कृत

  २०७६ भदौ २ गते १५:०८     विकासन्युज


काठमाडौँ । दि कलीस्डकोप-अखिल नेपाल आर्किटेक्चर स्टुडेण्ट्स डिजाइन प्रतियोगिता २०१८–२०१९ का विजेताहरुलाई एशियन पेन्ट्सले पुरस्कृत गरेको छ ।

ख्वपा इन्जिनियरीङ कलेजका श्रीजन मुश्याजु प्रथम, आईओई, पुल्चोक क्याम्पसका आस्था श्रेष्ठ द्वितीय, ख्वपा इन्जिनियरीङ कलेजका हिना श्रेष्ठ तृतीय र काठमाडौं इन्जिनियरीङ कलेजका श्रेया सिंह तथा आयुष श्रेष्ठले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितामा एक्मी इन्जिनियरिङ कलेज, इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पस, काठमाण्डु इन्जिनियरिङ कलेज, नेपाल इन्जिनियरिङ कलेज, हिमालय कलेज अफ इन्जिनियरिङ, ख्वपः इन्जिनियरिङ कलेज र इन्जिनियरिङ अध्ययन संस्थान, थापाथली क्याम्पसका २०७१ समूहका ३० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतियोगीहरुलाई प्रोजेक्ट अन्तर्गत बल्खु, किर्तिपुर स्थित मेकानिकल विभाग, थापाथली क्याम्पसको लागि एकेडेमिक अनुसन्धान केन्द्र डिजाइन गर्ने जिम्मेवारी दिइएको थियो ।

यसपछि १७ जनाको डिजाइनलाई मनोनयन गरी उनीहरुलाई आफ्नो परिकल्पना र धारणाहरु आर्क समाजका प्रसिद्ध व्यक्तित्वहरु आर्किटेक्चर विनोद न्यौपाने, आर्किटेक्चर चन्द्रलेखा कायस्थ, आर्किटेक्चर अभिषेक मानन्द बज्राचार्य, आर्किटेक्चर सरिता मास्के, र आर्किटेक्चर सञ्जय प्रधान रहेको निर्णायक मण्डल समक्ष प्रस्तुत गर्ने अवसर दिइएको थियो ।

प्रस्तुत १७ वटा परिकल्पनाहरु मध्ये निर्णायक मण्डलले छनौट गरेको उत्कृष्ट ५ जना विजेताहरुको घोषणा भदौ १ गते म्यारियट होटल, नक्सालमा आयोजित एक समारोहमा गरिएको छ । डिजाइन प्रतियोगिता विजेता घोषणा समारोहको प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका उप–कुलपति प्राडा तिर्थराज खनिया रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.