म्याक ल्युब्रिकेन्ट्सको डिलर मिट सम्पन्न, उत्कृष्टलाई विभिन्न दश विधामा पुरस्कार वितरण

  २०७६ असार ३० गते १३:२०     विकासन्युज


काठमाडौँ । सिप्रदी ट्रेडिङ प्रालि तथा भारत पेट्रोलियमले काठमाडौंको हायात होटलमा म्याक ल्युब्रिकेन्ट्सको डिलर मिट २०१९ कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा सिप्रदीले देशभर रहेका अधिकारिक डिलरहरुलाई आमन्त्रित गरी कार्यक्रम सम्पन्न गरेको हो ।

सो कार्यक्रममा कम्पनीको तर्फबाट सिप्रदी कम्पनीका कार्यकारी निर्देशक राजनबाबु श्रेष्ठले स्वागत गर्नुका साथै कम्पनीको आगामी योजनाको वारेमा सहभागिहरुलाई प्रष्ट पारे । कार्यक्रममा नेपालका लागि भारत पेट्रोलियमका प्रबन्धक मुकुन्द धमलाले नेपालको मार्केटप्रति भारत पेट्रोलियम सकारात्मक रहेको र सिप्रदी र सिप्रदीको डिलर्सहरुबाट आशापनि धेरै रहेको कुरामा जोड दिए ।

सोही अवसरमा नेपाल भरी रहेका सिप्रदीसँग आबद्ध डिलरहरु मध्ये उत्कृष्ट डिलरहरुलाई विभिन्न दश विधामा पुरस्कृत तथा सम्मान गरिएको थियो । कार्यक्रमको अन्त्यमा कम्पनीको तर्फबाट प्रमुख संचालन अधिकृत राजेशप्रसाद गिरीले सबै सम्मानित सहभागीहरुलाई बधाई दिंदै आगन्तुक पाहुनालाई धन्यवाद मन्तव्य दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.