पञ्चकन्याको उत्पादन ‘‘डेकिङ्ग सिट’’ बजारमा

  २०७६ असार २८ गते १७:२५     विकासन्युज

काठमाडौं । निर्माण सामाग्री उत्पादन गर्दै आइरहेको नेपालको औद्योगिक घराना पञ्चकन्या समूहले निर्माण कार्यमा प्रयोग हुने “ग्यालभनाइज्ड डेकिङ्ग”सिट नेपाली बजारमा बिक्री वितरण थालेको छ ।

विश्वमै निर्माण क्षेत्रमा व्यापक रुपमा प्रचलनमा आइरहेको यस सिट मजबुत भरपर्दाे र निर्माण गर्न छिटो छरितो समेत रहेको पञ्चकन्या समूहका कार्यकारी निर्देशक प्रदीपकुमार श्रेष्ठले जानकारी दिए ।

यसलाई निर्माण कार्यमा स्थाई रुपमा प्रयोगमा ल्याउन सकिने र मूल्यमा समेत किफायति रहेको उनको भनाई छ । तौलमा हलुका विशेषता रहेका यी सिटहरु मजबुत, खिया नलाग्ने र वाटर प्रुफ समेत रहेको यसको प्रमुख विशेषता रहेको कम्पनीको भनाई छ ।

कंक्रिट राम्रोसँग टासिएर बस्ने र ढलानको स्ल्याबको मोटाइलाई कम गर्न समेत मद्दत गर्ने भएकोले भवनलाई भार कम पर्ने कम्पनीको दावी छ । साथै, यसको प्रयोगले मर्मत सम्भार गरिरहनु पर्ने झन्झट रहदैन, आवश्यकता अनुसार साइजमा उपलब्ध हुने यी निर्माण सामाग्री नेपाल भरी नै उपलब्ध रहेको कम्पनीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.