एकैदिन तोलामा २३ सयले बढ्यो सुन

  २०८१ वैशाख २८ गते ११:४२     विकासन्युज

काठमाडौं । स्थानीय बजारमा शुक्रबार एकैदिन सुनको मूल्य तोलामा २३ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन बिहीबार प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो भने आज छापावाला सुन तोलामा १ लाख ३७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजाबी सुन १ लाख ३७ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, चाँदी भने तोलामा ५० रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला १ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.