विद्युतीय सवारी सञ्चालनको अनुमति प्रदान गर्न सरकारलाई समितिको निर्देशन

  २०७६ असार १९ गते १५:२०     विकासन्युज


काठमाडौँ । विद्युतीय सवारी साधन सञ्चालन गर्ने अनुमति प्रदान गर्न विकास तथा प्रविधि समितिले सरकारलाई निर्देशन दिएको छ ।

स्मार्ट लाइसेन्स, विद्युतीय सवारी साधन सञ्चालन र व्यवस्थापन तथा बहिराहरुलाई लाइसेन्स दिनेबारे समितिमा विहीबार भएको छलफलपछि यस्तो निर्देशन दिइएको हो ।

समितिले निजी/सरकारी/सहकारी वा अन्य कम्पनीलाई विद्युतीय सवारी साधन सञ्चालन गर्न निर्देशन दिंदै चार्जिङ स्टेशन लगायतको व्यस्थापन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र उर्जा मन्त्रालय समेतलाई निर्देशन दिएको हो ।

भौतिक पूर्वाधार मन्त्री रघुवीर महासेठ, सचिव, सडक विभागका महानिर्देशक समेतको उपस्थितमा समिति सभापति कल्याणी खड्काले यस्तो निर्देशन दिएकी हुन् ।

साथै समितिले बहिराहरुलाई लाइसेन्स दिन समेत सरकारलाई निर्देशन दिएको छ । काठमाडौँ लगायतका स्थानमा नो हर्न लागु भएको अवस्थामा बहिराहरुलाई लाइसेन्स दिन रोक्नु हुँदैन–समिति सभापति खड्काले बताइन् ।

देशभरबाटै स्मार्ट लाइसेन्स बितरण गर्ने व्यवस्था गर्न समेत समितिले विहीबार निर्देशन दिएको छ ।

विद्युतीय बस चलाउन निजी क्षेत्र उत्साहित, तर पाएनन् चार्जिङ स्टेशन राख्ने ठाउँ

विद्युतीय सवारी साधन सञ्चालन गर्ने सरकारको निर्णयलाई सुन्दर यातायातले गर्यो स्वागत

सुन्दर यातायातले गर्यो नीति कार्यक्रमको स्वागत, ‘विद्युतीय सवारी सम्बन्धी नीति बनाऊ’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.