सुन्दर यातायातले गर्यो नीति कार्यक्रमको स्वागत, ‘विद्युतीय सवारी सम्बन्धी नीति बनाऊ’

  २०७६ वैशाख २३ गते १८:४०     विकासन्युज

काठमाडौँ । सुन्दर यातायात प्रालिले सरकारले ल्याएको नीति तथा कार्यक्रममा विद्युतीय सवारी साधन सञ्चालन तथा प्रयोगका लागि प्रोत्साहन गर्ने कुरा उल्लेख भएकोमा स्वागत गरेको छ ।

प्रालिका अध्यक्ष भेषबहादुर थापाले सोमबार विज्ञप्ति प्रकाशित गरी नीति कार्यक्रममा विद्युतीय सवारीको कुरा उल्लेख भएकोमा स्वागत गरेका हुन् ।

सुन्दर यातायातले बस तथा चार्जिङ स्टेशन सञ्चालनको लागि आवश्यक मेशिन तथा सामाग्री आयात गरी सञ्चालन गर्ने नीति बनाउन सरकारसँग अनुरोध गरेको छ । सुन्दर यातायातले लाखौँ खर्च गरेर चार्जिङ स्टेशनको सामान ल्याएको र नीति नबन्दा प्रयोगविहीन भएकोमा ध्यानाकर्षण गराएको छ ।

अहिलेसम्म विद्युत युनिट दर निर्धारण हुन नसकेको, विद्युतीय सवारी साधनको भाडादर कायम गर्न नसकेको र विद्युतीय सवारी साधन सम्बन्धी नीति बनाउन नसकेकोमा विज्ञप्ति मार्फत सरकारको ध्यानाकर्षण गराइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.