दोहोरो अंकले घट्यो नेप्से, नेपाल बैंकको सबैभन्दा बढी कारोबार, शिवम् सिमेन्ट दोश्रोमा

  २०७६ असार १ गते १५:३२     विकासन्युज


काठमाडौँ । असार महिनाको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । साताको पहिलो दिन आइतबार ११.३६ अंकले नेप्से घटेको हो ।

०.८९ प्रतिशतले परिसूचक घट्दा १२५८.२७ बिन्दुमा पुगेको छ । आज शेयरबजारमा १७४ कम्पनीका १४ लाख ७३ हजार ८ सय ८ कित्ता शेयर किनबेच हुँदा ४७ करोड २५ लाख २० हजार ८ सय ११ रुपैयाँ बराबरको कारोबार भएको छ ।

बजार घटेको दिन सबै सूचक राताम्मे भए । बैंकिङ समूह ७.१३, होटल समूह २७.५७ समूह, विकास बैंक समूह ११.९२, जलविद्युत समूह १०.८१, वित्त समूह ६.७१, निर्जीवन बीमा समूह १११.०३, उत्पादनमूलक समूह ३५.२९, अन्य समूह ७.१३, लघुवित्त समूह ३०.२, जीवन बीमा समूह ३५.४५ र म्याचुअल फण्ड समूह ०.०३ अंकले घटेका छन् ।

बजार घटेको दिन नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै ६.७५ प्रतिशतले नाफा आर्जन गरेका छन् भने महिना सहायता लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै ७.८७ प्रतिशतले घाटा ब्यहोरेका छन् । आज नेपाल बैंक लिमिटेडको सबैभन्दा धेरै २ करोड ९५ लाख ८० हजार ५ सय ६४ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्टको २ करोड ५५ लाख १६ हजार ५ सय ७८ रुपैयाँ बराबरको बराबरको शेयर किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.