मनकामना डोजोको प्रथम अन्तराष्ट्रिय कराँते प्रतियोगितामा नेपाल विजयी

  २०७६ जेठ २६ गते ७:२५     विकासन्युज

काठमाडौं। शनिबार भएको अन्तराष्ट्रिय कराँते प्रतियोगितामा नेपाल पहिलो स्थान हाँसिल गरेको छ। मनकामना डोजोद्वारा आयोजित प्रथम अन्तराष्ट्रिय कराँते प्रतियोगितामा नेपाल पहिलो स्थान हाँसिल गरेको हो।

प्रतियोगितामा छिमेकी राष्ट्र भारत दोस्रो र भुटानले तेस्रो स्थान हाँसिल गरेको छ। यस्तै प्रतियोगितामा बेस्ट प्लेयरको उपाधी अल्बिना नगरकोटी र करण गुरुङले पाएका छन्।

प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, भुटान र श्रीलंकाका गरी करिब ६ सय बढी महिला तथा पुरुष खेलाडीहरू सहभागीता रहेको थियो। प्रतियोगिताको प्रमुख अतिथीमा एसियन कराँते फेडेरेसनका पुरेन्द्र कुमार लाखेको रहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.