हुण्डी कारोवारमा संलग्न पक्राउ, ३४ लाख ८९ हजार नगद बरामद

  २०७६ जेठ ६ गते ९:१२     विकासन्युज


काठमाडौँ । काठमाडौँ चावहिलबाट अवैध रुपमा हुण्डी कारोबारमा संलग्न तीन जनालाई नगद ३४ लाख ८९ हजारसहित प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौँ हात्तीगौडा बस्ने सोलुखुम्बु दूधकोशी गाउँपालिका–२ का ३६ वर्षीय अर्जुन राई, भक्तपुर सूर्यविनायक बस्ने सुनसरी बराह नगरपालिका–९ का ४० वर्षीय जगत खड्का र कपन बालुवाखानी बस्ने २३ वर्षीय सुनिल राई रहेका छन् ।

उक्त ठाउँमा अवैध रुपमा हुण्डीको कारोवार भइरहेको भन्ने विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त गौशालाबाट प्रहरी नायब उपरीक्षक सुनिल मल्लको नेतृत्वमा गएको टोलीले हुण्डी कारोवारमा प्रयोग भएको उक्त नगद, कागजात र पैसा गन्ने उपकरणसहित उनीहरुलाई फेला पारिएको थियो ।

उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीका लगि राजश्व अनुसन्धान विभाग ललितपुर पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.