चलिचत्र ‘वीर विक्रम २’ ले गर्याे पहिलाे पोस्टर सार्वजनिक 

  २०७६ वैशाख १० गते १६:००     विकासन्युज

काठमाडौं । चलचित्र ‘वीर विक्रम २’ को पहिलो पहिलाे पोस्टर सार्वजनिक गरेको छ । मिलन चाम्सको निर्माण तथा निर्देशनमा बनेको यो फिल्म पहिलो पोस्टरमा मुख्य पात्रहरुको मात्र तस्विर सार्वजनिक गरेको छ ।


च्याम्स इम्टरटेनमेन्ट लण्डन सिने संयुक्त ब्यानमा निर्माण गरिएको चलचित्रमा पल शाह, नजिर हुसेन, नायिका वर्षा सिवाकोटी र कलाकार वुद्धि तामाङ्गको तस्विर पोस्टरमा सार्वजनिक भएको छ ।
चलचित्र वीर र विक्रमको कथामा आधारित रहेको छ भने नायकमा वुद्धि तामाङ्गलाई खलपात्र देखिने भएको छ । त्यस्तै फिल्ममा नायक पह शाह र नायिका वर्षा सिवाकोटी जोडीको रुपमा देखिएका छन् । पिरतीको मिठो तिर्सना भन्ने बोलको गीत र वाचा गीतले राम्रो बजार जमाईरहेको छ ।

‘वीरविक्रम’ मा नाजिर, दयाहा राई, दीया पुनलाई देखिएको थियो । कार्यकारी निर्मातामा अर्पण सापकोटा रहेका छन् भने ‘वीर विक्रम २’ मा देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी सत्री, मनिष लिम्बु लगायतका अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.