डिशहोमका ग्राहकले ३ हजारमा वार्षिक रिचार्ज गर्न सक्ने

  २०८० चैत ३० गते १३:४९     विकासन्युज

काठमाडौं । नयाँ वर्ष २०८१ को सुरुवात संगै डिशहोमले आफ्ना ग्राहकहरुको लागि ‘डिशहोम मिसन ८१’ योजना लिएर आएको छ । यस योजनामा डिशहोमका ग्राहकहरुले मात्र ३ हजार रुपैयाँमा डिशहोमको वार्षिक रिचार्ज गर्न सक्नेछन् ।

कम्पनीका अनुसार ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत रिचार्ज गर्न सक्नेछन् । नेपालभर रहेका डिशहोमका डिलर तथा सव डिलरहरु मार्फत ग्राहकहरुले फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गरि यो योजनामा सहभागिता जनाउन सक्नेछन् ।

फन्ड ट्रान्फर बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम विक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.