धोबिघाटमा सुजुकी गाडीहरुको नयाँ शो रुम सञ्चालन

  २०७५ चैत २८ गते १५:२४     विकासन्युज


काठमाडौँ । ललितपुरका धोबिघाटमा सीजी मोटोकर्प(सुजुकी गाडीहरुको आधिकारिक बिक्रेता)ले आफ्नो नयाँ शोरुमको स्थापना गरेको छ ।

कम्पनीको आधिकारिक शोरुमका रुपमा स्थापित स्टेट अफ द आर्ट शोरूमको उद्घाटन मारुती सुजुकी इंडिया प्राईभेट लिमिटेडका कार्यकारी निर्देशक शशांक श्रीवास्तव र सीजी होल्डिंग्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीले गरेका हुन् । उक्त समारोहमा सरकारी एवम् गैरसरकारी संस्थाका प्रतिनिधिहरु र पत्रकारहरुका साथै स्थानीय व्यक्तित्वहरुको पनि सहभागिता रहेको थियो ।

धोबिघाटमा स्थापित स्टेट अफ द आर्ट शोरूम सुजुकीको प्रमुख शोरुमका रुपमा स्थापना गरिएको छ । ‘वे अफलाइफ’ लाई आधार बनाएर डीजाइन गरिएको सुजुकीको नयाँशोरुमले ब्रान्डका अत्यावश्यक कारकहरू जस्तै उत्पादन, डिजाइन र खरीददारहरूलाई प्रोत्साहन जस्ता सामग्रीहरू समावेश गरेको छ ।

कम्पनीको आधिकारिक शोरुमका रुपमा स्थापित यस स्टेट अफ द आर्ट शोरूमले आफ्ना ग्राहकहरुलाई गुणस्तरीय एवम् आधिकारिक सेवा प्रदान गर्नेछ । व्यापार यूनिटका प्रमुख, सिरज पन्तका आनुसार,‘ग्राहकहरु शोरुममा गाडी किन्नका लागि मात्र नभई उनीहरु एक उत्साह खोज्न आउँछन्,जुन अरु कहीं पनि पाउन सक्दैनन् । यस नयाँ सुजुकीशोरुम र यसको वातावरणले उनीहरुलाई त्यो उत्साह प्रदान गर्नेछ ।’

सुजुकीले देशभर बिक्री, सेवा र जेन्यून स्पेयर पार्टको सबैभन्दा ठूलो सञ्जाल सञ्चालन गर्दछ । कम्पनीले ३३ सेल्स, ३६ सेवा सञ्जाल र थप २०० भन्दा बढी आउटलेटको दावी गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.