भष्टचारको जरो उखेलेर फाले पछि मात्रै विकास हुन्छ : उपराष्ट्रपति

  २०७५ चैत २७ गते १४:५५     विकासन्युज

काठमाडौं । उपराष्ट्रपति नन्दबाहदुर पुनले देशमा मौलाइ रहेको भष्टचारको अन्त्य गरे  मात्रै देशको विकास हुने बताएका छन् । ललित अन्तर्राष्ट्रिय व्यापार मेलाको उद्घाटन गर्दै देशलाई विकास गर्न भष्टचार सत्रु भएको बताए । यसलाई हामी सबै मिलेर अन्त्य गर्न सके मात्रै देशको विकास हुन्छ । उनले भने कला र सँस्कृतिको सरकार र निजी क्षेत्र मिलेर संरक्षण गर्नु पर्ने पुनले बताए ।

संघका अध्यक्ष कृष्णलाल महर्जनले ललितपुर जिल्लाको कुनै पनि परियोजना लगानी सम्मेलनमा नपरेको ललितपुलाई सरकाले हेला गरेको बताए । जिल्लामा पाँचतारे होटल नभएकोले पर्यटहरुलाई स्वागत गर्न नपाएको बताए । ललितपुरमा लगानी भित्र्याउने र लगानीका सम्भावना पहिल्याउन दिशामा मेला केन्द्रित हुने महर्जनले बताए ।

मेलामा ललितपुरमा उत्पादित सामग्रीको अन्तर्राष्ट्रिय स्तरमा बजार विस्तार गर्न र विभिन्न देशमा उत्पादित सामग्रीको बजारको रुपमा ललितपुरलाई विकसित गर्न मेला आयोजना गरेको संघले जानकारी दिएको छ ।

मेलामा १ सय वटा स्टलहरु रहने छ । भारत, पाकिस्तान, बंगलादेश, चीन लगायत विभिन्न देशको ३० वटा स्टल रहेका छन । नेपालमा उत्पादन हुने हस्तकलाका विविध सामग्रीको स्टलहरु पनि रहेका छन् । मेलामा करिब ५ करोड रुपैयाको कारोबार हुने अनुमान आयोजकले गरेका छ । करिब ५ लाखले मेलाको अवलोकन गर्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.