सीताराम दूधको ७ वटा उत्पादन बजारमा, भाटभटेनीमा नायिका दिपाश्रीले गरिन् उद्घाटन

  २०७५ चैत २१ गते १८:५५     विकासन्युज


काठमाडौँ । सीताराम दूधले बिहीबारबाट आफ्नो उत्पादन बिस्तार गरेको छ । यसअघि दूध उत्पादन तथा बिक्री गर्दै आएको सीतारामका अब ७ वटा उत्पादन बजारमा ल्याइएको छ । सुगर फ्रिदही, पनिर लगायतका सम्पूर्ण उत्पादन अब भाटभटेनी सुपर स्टोर नक्साल र महाराजगञ्जमा पाइने भएको छ ।

भाटभटेनीमा एक कार्यक्रम गरेर सिताराम घिउका ब्राण्ड एम्बेसेडर नायिका दीपाश्री निरौलाले सीताराम दुधका उत्पादनको उद्घाटन गरेकी थिइन् । उद्घाटन कार्यक्रममा भाटभटेनीका अध्यक्ष मीनबहादुर गुरुङले स्वदेशी उत्पादन आफूहरुले राख्न पाउँदा उत्साही भएको बताए ।
सीताराम दूधका अध्यक्ष सुमित केडियाले अब अन्य उत्पादन पनि गर्दै जाने बताए ।

आइसक्रिम लगायतका उत्पादनमा पनि जाने लक्ष्य रहेको समेत बताए । केडिया अर्गनाइजेशनको भातृ संस्था सिताराम गोकुल मिल्कस् नेपालको निजी क्षेत्रका सबैभन्दा ठूलो दूध तथा दुग्धजन्य पदार्थ उत्पादन कम्पनी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.