नेप्से र कारोबार रकम दुबैमा वृद्धि, सबैभन्दा बढी लक्ष्मी बैंकको सेयर किनबेच

  २०७५ चैत १३ गते १८:००     विकासन्युज

काठमाडौं । पटक पटक समस्या आई सुचारु भएको बुधबारको बजारमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा नेप्से १.८० अंकले बढेर ११४२.५२ अंकमा अडिएको छ । जुन मंगलबारको तुलनामा ०.१६ प्रतिशत बढी हो ।

बुधबारको बजारमा नेप्सेका साथै कारोबार रकममा पनि वृद्धि भएको छ । सो दिन कुल १६५ कम्पनीको ४८ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा २७ करोड रुपैयाँ बढी सेयर किनबेच भएको छ । अघिल्लो दिन(मंगलबार) कुल २१ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

बजारमा सबैभन्दा बढी लक्ष्मी बैंकको सेयर किनबेच भएको छ । बैंकको एकैदिन २६ करोड ६६ लाख रुपैयाँ बराबरको साधारण सेयर कारोबार भएको हो । बैंकको सेयर मूल्य प्रतिकित्ता १९५ रुपैयाँ रहेको छ ।  त्यस्तै, शिवम् सिमेन्ट कम्पनीको ५ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३४० रुपैयाँ रहेको छ । जुन रकम अघिल्लो दिनको तुलनामा बराबर रहेकाे छ ।

बजारमा सबैभन्दा बढी किसान माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् ।

बढी गुमाउनेमा यूनिभर्सल पावर कम्पनीका लगानीकर्ता रहेका छन् । यस कम्पनीका लगानीकर्ताले ९.५९ प्रतिशत गुमाएका छन् । बुधबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १९८ रुपैयाँमा झरेको छ । जुन मंगलबार प्रतिकित्ता २१९ रुपैयाँमा रहेको थियो ।

बजारको समस्या समाधान, साँझ ६ बजेसम्म सेयर कारोबार हुने

बुधबार तीन बजेपछि पनि माक्रेट ओपन नै, नेप्से भन्छ- ब्रोकर प्रणालीमा समस्या

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.