सानिमा भन्दा माछापुच्छ्रे बैंक राम्रो ! प्रतिकित्ता १८० मा २७ लाख कित्ता सेयर बेच्दै डा. विरेन्द्र महत्ताे

  २०७५ चैत ७ गते २०:४२     विकासन्युज

काठमाडौं । विहीबार सानिमा बैंकको साधारण सेयर प्रतिकित्ता २९६ रुपैयाँमा किनबेच भयो । सोहि दिन माछापुच्छ्रे बैंकको सेयर प्रतिकित्ता करिव २१८ रुपैयाँमा किनबेच भयो ।

सर्बसाधारण लगानीकर्ताको नजरमा माछापुच्छ्रे बैंक भन्दा सानिमा बैंक राम्रो छ । तर एक जना प्रमोटरले सानिमा बैंक त्यागेर माछापुच्छ्रे बैंक रोजेका छन् ।

उनले सानिमा बैंकको २७ लाख १८ हजार ८३५ कित्ता सेयर लिलामीमा राखेका छन् । उक्त सेयर प्रतिकित्ता १८० रुपैयाँ मूल्य राखेर बढाबढ मूल्यमा बिक्री गर्न लागिएको छ ।

उक्त सेयर बिक्रीबाट महत्तोले कम्तिमा ४८ करोड ९३ लाख ९० हजार ३०० रुपैयाँ कमाउने छन् । बढाबढ मूल्यमा बिक्री गर्न लागिएकोले ५० करोडभन्दा बढी पाउने सम्भावना छ ।

सेयर बिक्रीबाट आउने रकम कहाँ लगानी गर्ने भन्ने योजना नबनेको डा विरेन्द्र महत्तोले बताए । ‘ठूलो रकम होइन । कहाँ लगानी गर्ने भनेर योजना बनाएको पनि छैन’ विकासन्युजसँग कुरा गर्दै उनले भने–‘बैंकको ऋण पनि छ । तिरोतारो मै सकिन्छ होला ।’

बाध्यताको आधारमा नभई नैतिकताको आधारमा सानिमा विकास बैंकको सेयर बेच्न लागेको उनले प्रष्ट पारे । ‘म माछापुच्छ्रे बैंकमा अध्यक्ष छु । बेलाबेलामा नैतिक प्रश्न उठ्यो । त्यसैले नैतिकताको आधारमा सानिमा बैंकको सेयर बेच्न लागेको हुँ । अरु कुनै बाध्यता थिएन’–उनले भने ।

सानिमा त्यागेर माछापुच्छ्रे बैंक रोज्नुको कारण को हो ? विकासन्युजको प्रश्नमा उनले भने–‘सानिमा बैंकमा प्रमोटर सेयरधनी मात्र हुँ । माछापुच्छ्रे बैंकमा अध्यक्ष छु । अध्यक्ष रहेको संस्थाप्रति बढी जिम्मेवारी भएकोले माछापुच्छ्रे रोजेको हुँ । यस बैंकलाई राम्राे बनाउन केन्द्रीत हुन्छु । ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.