सुनको मूल्यमा वृद्धि, प्रतितोला रु ६० हजार २ सयमा कारोबार हुँदै

  २०७५ चैत ७ गते ११:३३     विकासन्युज

काठमाडौं । विहिबार सुनको मूल्य बढेर प्रतितोला रु ६० हजार २ सयमा कारोबार भईरहेको छ । मंगलबार सुन प्रतितोला रु ५९ हजार ७ सयमा कारोबार भएको थियाे भने बुधबार सार्वजनिक विदाका कारण कारोबार बन्द रहेको थियो ।


त्यस्तै तेजावी सुन मंगलबार प्रतितोला ५९ हजार ४ सयमा विक्री भएको थियो भने विहिबार प्रतितोला ५९ हजार ९ सयमा कारोबार भईरहेको छ । चाँदी विहिबारको तुलनामा रु १० बढेर ७४० रुपैयाँमा विक्री भईरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.