शुक्रबार सुन प्रति तोला ५ सय सस्तियो

  २०७५ फागुन १० गते १०:५४     विकासन्युज

काठमाडौं । शुक्रबार सुनमा प्रति तोला ५ सय रुपैयाँ घटेको छ । बिहिबार तोलामा ६३ हजार १ सयमा बिक्री भएको शुक्रबार ६२ हजार ६ सयमा कारोबार भइरहेको छ ।

यसैगरी तेजाबी सुन बिहिबारको तुलनामा प्रतितोला ५ सय रुपैयाले घटेको छ । सुन बिहिबार प्रति तोला ६२ हजार ८ सयमा कारोबार भएको तेजाबी सुन शुक्रबार प्रतितोला ६२ हजार ३ सयमा कारोबार भईरहेको छ ।

चाँदी भने प्रति तोला ७ सय ७५ कारोबार भईरहेको छ । बिहिबारको तुलनामा चाँदीमा १० रुपैयाँ घटेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.