गरिमा विकास बैंक चितवनको टाँडी र कञ्चनपुरको महेन्द्रनगरमा, थप ४ शाखा सञ्चालनमा

  २०७५ फागुन ५ गते १८:४०     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले फागुन ५ गते आईतबार चितवनको टाँडी र कञ्चनपुरको महेन्द्रनगर शाखा कार्यालयको उद्घाटन गरेको छ । टाँडी शाखा कार्यालयको उद्घाटन रत्ननगर नगरपालिकाका नगर प्रमुख नारायण वन र महेन्द्रनगर शाखा कार्यालयको उद्घाटन भीमदत्त नगरपालिकाकी उपप्रमुख शुशिलाचन्द सिंहले गरेका हुन् ।

साथै, विकास बैंकले आईतबार नै चितनवको टाँडी र कञ्चनपुरको महेन्द्रनगर संगसंगै नुवकोटको बट्टार, लमजुङ्को बेसीशहर, बाँकेको चप्परगढी र सुर्खेतको बीरेन्द्रनगरमा समेत नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।

यस विकास बैंकको हाल देशभर ७२ शाखा कार्यालय सञ्चालनमा रहेका छन् । साथै, निकट भविष्यमा चितवनको मिलनचोक, कास्कीको हेम्जापर्साको वीरगञ्ज र दाङ्गको तुल्सीपुरमा समेत शाखा कार्यालय खोल्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.