नागरिक लगानी कोषको मितव्ययीता अभियान शुरू, भत्ता रकम कटौती

  २०७५ फागुन २ गते १६:५४     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोषले कार्य संचालनमा मितव्ययीता अभियान शुरु गरेको छ । सो सन्दर्भमा कोषको विद्यमान विभिन्न समिति/उपसमितिका संख्याहरु घटाउनुको साथै भत्ता रकम समेत कटौती गरेको छ ।

संचालक समितिका सदस्य संयोजक/सदस्य रहेका प्रत्येक समिति/उपसमितिहरुमा सबै सदस्यलाई संचालक सरह भत्ता दिने गरेकोमा कोषका कर्मचारी सदस्यहरुको भत्ता प्रति व्यक्ति १ हजार रुपैयाँ कटौती गरिएको छ ।

त्यसैगरी गैर कार्यकारी संचालक तथा कोष बाहिरबाट प्रतिनिधित्व गर्ने व्यक्ति सदस्य नरहेका समिति/उपसमितिहरुको बैठक भत्ता नरहने व्यवस्था गरेको छ । कोषले खर्चमा मितव्ययीता ल्याउन कोष संचालक समितिका अध्यक्षले पाउने इन्धन सुविधामा प्रति महिना २०० लिटरबाट कटौती गरी १७५ लिटर कायम गरेको छ ।

साथै कोषले क्रमशः खर्चमा मितव्ययीता कायम गर्दै सुरक्षित, मुनाफामुखी तथा दीगो लगानीको व्यवस्थापन गरी सेवाग्राहीलाई थप प्रतिफल प्रदान गर्ने पहल समेत गरेको पाइएको छ । कोषको कार्यलाई चुस्त र प्रभावकारी बनाउनको लागि कोषले सेवाग्राहीको गुनासोलाई तत्काल सम्बोधन गर्ने नीति लिएको कोषको सूचना अधिकारी उद्धव सिलवालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.