सामसुङ्ग ग्यालेक्सीको एम् टेन नेपाली बजारमा

  २०७५ फागुन १ गते १२:१७     विकासन्युज

काठमाडौं । काठमाडौं सामसुङ्गको एम् सिरिज एम् टेन लन्च भएको छ । नेपालको पहिलो र ठूलो मोबाइल वितरक कम्पनीको रुपमा रहेको, मोबाइल सेवाप्रदायक कम्पनी सामसुङ्गले आफ्नो नयाँ मोडल सामसुङ्ग ग्यालेक्सी एम् टेन नेपाली बजारमा लन्च गरेको छ ।
साथै सामसुङ्गले मोडेलको यो फोनस्मार्टडोकोबाट रु. १३ हजार ७ सय ९० माग्राहकले किन्न सक्ने जनाएको छ । साथै स्मार्टडोकोले रिङ्गरोड भित्र फ्रिडेलिभरीको व्यवस्था गरेको छ भने, दिउसो १ बजे अगाडी अर्डर गरेको सामान दिनमा ग्राहक सामू उपलब्ध गराउने जनाएको छ ।
सामसुङ्ग ग्यालेक्सी एम् टेनमा सस्तो मूल्यमै एड्भान्स फिचरहरु रहेको छ भने साथै यसमा ३४०० एमएएच क्षमताको ब्याट्रीको रहेको छ भने १६जि. वी रुम, २ जिबि र्यामको सुविधा रहेको छ । अत्याधुनिक रुपमा यस मोडेलको फोनमा ८.१ को अल्ट्रा वाइड डियुल क्यामेरा उपलब्ध छ भने साथमा एक्स्ट्रा आकर्षकको रुपमा यो सेटमा ५ एमपि रिएर क्यामेरा र ५ एम्पि फ्रन्ट क्यामेरा उपल्बध छ ।
स्मार्टडोकोमा अनलाइन प्ल्याटफर्म देशभरीका विभिन्न प्रमुख शहरहरु काठमाडाैं, पोखरा, विराटनगर, बिर्तामोड, धरान, नारायणगढ, इटहरी, विरगञ्ज र दाङ र नेपालगञ्जमा डेलिभरी सेवा उपलब्ध हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.