राष्ट्र बैंकले बुधबार पुनः पाँच अर्बको रिपो बिक्री गर्दै

  २०७५ माघ ८ गते १८:१६     विकासन्युज


काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबार पाँच अर्ब बराबरको रिपो बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गरी बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको रिपो बिक्री गर्न लागेको जनाएको छ ।

बैंकले एक हप्ताका लागि रिपो बिक्री गर्न लागेको हो । यसअघि पनि बैंकले उक्त परिमाणको रिपो बिक्री गर्ने सूचना प्रकाशित गरेको थियो । तर तोकिएबमोजिमको रिपो बिक्री हुन नसकेकाले पुनः बिक्री आह्वान गरिएको बताइएको छ ।

बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले तिर्न सक्ने ब्याजसहित बोलकबोल प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.