खानेपानी मन्त्री मगर भन्छिन्- मेलम्चीमा कमिशनबारे प्रमाण दिनुस्, कारवाही गर्छौँ

  २०७५ पुष १२ गते १३:३६     विकासन्युज


काठमाण्डौ । खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाको निर्माण कम्पनी सिएमसीसँग कमिशन मागिएको आरोप बारे प्रमाण दिए कारवाही गर्ने बताएकी छिन् ।

प्रतिनिधि सभा अन्तरगत विकास तथा प्रविधि समितिको बिहीबारको बैठकमा मन्त्री मगरले यस्तो बताएकी हुन् । मेलम्ची खानेपानी आयोजनाको विद्यमान अवस्थाको बारेमा बिहीबार छलफल भएको हो ।

सो छलफलमा समिति सभापति कल्याणी खड्का र साँसद राजेन्द्र लिङ्देनले ठेकेदार कम्पनीसँग कमिशन माग भएको कुरा उठाएका थिए ।

साँसदले खानेपानी मन्त्रीलाई सोधे-मेलम्चीमा कमिशन माग्ने को हो ?

विकास समिति बैठकमा साँसदको प्रश्नः मेलम्चीको पानी कहिले आउँछ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.