रेनोकाे एक्सचेन्ज क्याम्प पुस ५ गतेदेखि शुरु, गाडी एक्सचेञ्जमा सडक कर फ्री हुने

  २०७५ पुष ५ गते १८:५२     विकासन्युज

काठमाडौं । नेपालमा रेनोको आधिकारिक बितरक, एडभान्स अटोमोबाईल प्रा. लि. ले रेनो कार प्रेमीहरुका लागि यहि पुस ५ गतेदेखि पुुस ८ गतेसम्म रेनो एक्सचेन्ज क्याम्प शुरु गरेको छ ।

उक्त क्याम्प रेनोको सोरुम थापाथली र नक्साल , काठमाडौं र भक्तपुरमा हुने छ । ‘‘पुरानो छोडाैं ! नयाँ गुडाऔँ’’ भन्ने ट्यागलाईनका साथ आयोजना गरिएको यो कार्निभलमा पुरानो कार प्रयोगकर्ताहरुले रेनोको नयाँ कारका साथमा एक्सचेन्ज गर्न सक्नेछन् ।

रेनोको क्विड, डस्टर र क्याप्चर मोडलहरुमा एक्सचेन्ज उपलब्ध रहेको छ । अभियानले ग्राहकलाई तुरुन्त मुल्यांकन र एक्सचेन्ज, २ बर्षसम्मको लागी फ्रि सर्भिसिङ्ग, नि:शुल्क एसोसोरिज, एक आर्थिक वर्षभरीका लागि सडक कर फ्री, इजी फाइनान्स सुबिधा लगायत सेवा उपलब्ध गराएको छ । ग्राहकहरुले प्रत्येक टेस्ट ड्राइभ गरे बापत आकर्षक उपहार जित्नेछन् ।

रेनो एक्सचेन्जले ग्राहकहरुलाई एक्सचेन्जको माध्यमबाट नयाँ पुस्ताका कारहरुको बारेमा जानकारी दिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.