१ जना कर्मचारी सरुवा गर्न खोज्यो ५० जनाको फोन आउँछ: मातृका यादव

  २०७५ मंसिर १७ गते १४:२४     विकासन्युज

काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृका यादवले मन्त्री भन्दा कर्मचारी बलियो हुदैं गएको बताएका छन् । नेपाल खाद्य संस्थानको ४४ औं वार्षिक उत्सवमा बोल्दै मन्त्री यादवले कर्मचारीलाई उपत्यका बाहिर पठाउन नसकिएको बताएका हन् ।

यादवले भने ‘एक जना कर्मचारीलाई सरुवा गर्न लाग्यो ५० जनाको फोन आउँछ, कति शक्तिसाली भए कर्मचारी मन्त्रीलाई त टेर्दैनन् अरुको के कुरा गर्ने ?’ उनले कर्मचारीकै कारण संस्थान घाटामा गएको आरोप लगाए । वर्षभरी संस्थामा अनुचित कार्य गर्ने अनि एक दिन पुजा गरेर उम्कन खोज्ने यस्तो परिपाटीले संस्थानै नरहने स्थीतीमा पुगेको मन्त्री यादवले थपे ।

कार्यक्रमका संस्थानका महानिर्देशक योगेन्द्र गौचनले पनि कर्मचारी र सञ्चालक समितिले गर्दा संस्थान घाटामा गएको बताए । कर्मचारीहरु काम नगरेपनि तलब पाकिहाल्छ किन काम गर्ने महानिर्देशक गौचनले थपे संस्थानको वर्षभरीको आम्दानी खर्चको विवरण समेत पाउन मुस्किल छ कसरी संस्थानले कृषककोे लागि काम गर्न सक्छ ।

संस्थान सोमबारबाट ४५ वर्षमा प्रवेश गरेको छ । यो संस्थानको अन्तिम वार्षिक उत्सव भएको वत्ताहरुले बताएका थिए । आगामी वर्षबाट संस्थान राष्ट्रिय आपुर्ति कम्पनीमा रुपान्तरण हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.