१२औँ वार्षिकोत्सवको अवसरमा गण्डकी विकास बैंकद्धारा दुई कार्यक्रम सम्पन्न

  २०७५ मंसिर ६ गते १२:०७     विकासन्युज

काठमाडौं । गण्डकी विकास बैंकले १२अाैँ वार्षिकोत्सवको अवसरमा दुई छुट्टा छुट्टै कार्यक्रम आयोजना गरेको छ । बैंकले मानव जीवनलार्इ मध्यनजर गर्दै रक्तदानका साथै न्यायाे कपडा वितरण कार्यक्रम संचालन गरेको हो ।

बैंकले चिप्लेढुङ्गा पोखरामा क्षेत्रीय रक्त सञ्चार सेवा, रामघाट पोखराको सहयोगमा सञ्चालित उक्त रक्तदान कार्यक्रमबाट ८१ यूनिट रगत संकलन गरेको छ ।

बैंकका सञ्चालक पद्यप्रसाद पौडेलले पहिलो ब्लडब्याग पहिलो दाता कृष्ण पौडेललाई हस्तान्तरण गरेकाे थियाे ।कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बैंकले सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकता दिदै आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

वार्षिकोत्सवकै अवसर पारेर बैंकले पोखरा ३२, लामेआहाल स्थित राधाकृष्ण बृद्धाश्रममा एक कार्यक्रमकाबीच खाद्यान्न तथा न्यानो कपडा वितरण गरेको छ ।

कार्यक्रममा आश्रममा रहेका ४६ जना बृद्धबृद्धा तथा १८ जना बटुकलाई बैंकका सञ्चालक पौडेल र नारायणबहादुर बाँनियाद्धारा उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको थियो । बृद्धाश्रमका अध्यक्ष  प्रेम लिगलले आफ्नो अपेक्षा गरे भन्दा पनि बढि सहयोग प्रदान गरेको जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.