सुन र चाँदीको मूल्य बढ्यो

  २०८१ जेठ १४ गते ११:४२     विकासन्युज

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको छ ।

आइतबार प्रतितोला एक लाख ३६ हजार नौ सय रुपैयाँमा कारोबार भएकोमा आज एक लाख ३७ हजार दुई सय रुपैयाँ कायम भएको छ ।

साथै तेजावी सुनको मूल्य प्रतितोलामा तीन सय रुपैयाँले बढेर एक लाख ३६ हजार पाँच सय ५० रुपैयाँ कायम भएको छ । साथै चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर एक हजार आठ सय ८० रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.