ब्रोकरका ३० बुँदामा लगानीकर्ताको आपत्ति, रानाभाट भन्छन्ः फेरबदल हुन्छ

  २०७५ मंसिर ३ गते १०:१७     विकासन्युज

काठमाडौं । स्टक ब्रोकर एसोसियसन अफ नेपालले अघि सारेको ३० बुँदे सम्झौता प्रस्तावमा लगानीकर्ताहरुले आपत्ति जनाएका छन् ।

ब्रोकर एसोसियसनले अनलाइन सेयर कारोबार अघि लगानीकर्ताहरुले ब्रोकरसँग ३० बुँदे सम्झौता गर्नुपर्ने प्रस्ताव अघि सारेको छ । ब्रोकरले अघि सारेको प्रस्तावमा लगानीकर्ताहरुले भने आपत्ति जनाएका छन् ।

नेपाल इनभेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारले ब्रोकरले अघि सारेको सम्झौता सम्बन्धी प्रस्ताव आपत्तिजनक रहेको बताएए । ‘एकाएक यो सम्झौताको कुरा कहाँबाट आयो ? हामीसँग गर्ने भनिएको सम्झौताको मस्यौदा गर्दा छलफल गर्नु पर्छ कि पर्दैन ? हामी यो मान्न तयार छैनौं’, फोरमका उपाध्यक्ष रौनियारले भने ।

उनले ३० बुँदे सम्झौता अघि सारेर ब्रोकरहरु अनलाइन कारोबारको बिरोधी कित्तामा उभिएको आरोप पनि लगाए । रौनियारले ब्रोकरहरुको दादागिरी नसहने स्पष्ट पनि पारे । उता, नेपाल धितोपत्र बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरले पनि लगानीकर्ता र ब्रोकरबीच हुने भनिएको सम्झौताबारे बोर्ड जानकार नरहेको स्पष्ट पारे ।

ब्रोकर एसोसियसनका अध्यक्ष भरत रानाभाटले भने ३० बुँदे सम्झौता अन्तिम नभएर प्रस्ताव मात्रै भएको बताए । ‘यो हामीले अघि सारेको प्रस्ताव मात्रै हो, त्यसमाथि व्यापक छलफल गरेर मात्रै कार्यान्वयनमा ल्याउने हो, अहिल्यै आपत्तिनु आवश्यक छैन’, रानाभाटले भने ।

ब्रोकरहरुले अघि सारेको ३० बुँदे सम्झौतामा लगानीकर्ताहरुले कर्जा सूचना केन्द्रबाट कालोसूचिमा नरहेको निश्सा प्रत्येक लगानीकर्ताले पेश गर्नुपर्ने लेखिएको छ । ३० बुँदे प्रस्तावको हरेक बुँदामा लगानीकर्तालाई मात्रै दोषी देखाउने उल्लेख गरिनु दुर्भाग्यपूर्ण भएको पनि लगानीकर्ताहरुको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.