सिटिजन्स बैंकद्धारा ज्येष्ठ नागरिकलाई भोजनकाे प्रबन्ध

  २०७५ कार्तिक १९ गते १६:०५     विकासन्युज

काठमाडौं । सटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले राजधानीको मीनभवन स्थित निःसहाय सेवा सदन, ज्येष्ठ नागरिक आवास गृहका ४० वृद्धवृद्धालाई भोजनको प्रबन्ध गरेको छ । बैंकले स्थापनाकाल देखिनै उक्त आवास गृहमा रहेका ज्येष्ठ नागरिकलाई भोजनको प्रबन्ध गर्दै आएको छ ।

यसैको निरन्तरता स्वरूप यस वर्ष पनि बैंकले उक्त कार्यक्रम संचालन गरेको हो । बैंकले देखाएको यस अग्रसरताले ज्येष्ठ नागरिकको हेरचाहमा टेवा पुग्ने धारणा बैंकले लिएको छ ।

निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.