असनबाट यसरी भित्रिदै छ तिहार(फोटो फिचर)

  २०७५ कार्तिक १८ गते १८:१३     प्रकाश देवकोटा

 

तिहारले व्यस्त असन बजार ।

तिहार नजिकिदै गर्दा आफ्नो पसल सजाउदै एक व्यापारी

पसलमा ढाका टोपी छान्दै महिला दिदीबहिनीहरुः प्राय भाई टिकामा आफ्ना दाजुभाईलाई दिदीबहिनीले ढाका टोपी उपहार दिने चलन परापुर्व देखि चल्दै आएको छ ।

चाडपर्वको मौका छोप्दै आफ्नो पढाई खर्च निकाल्न असनको गल्लीमा रंग बेच्दै एक बालक र संगै एक माला व्यापारी माला मिलाउदै ।

तिहारमा विशेष गरि धनकी देवी लक्ष्मीको पुजा गरिने परम्परा रहेको छ । असनमा बिक्रीका निम्ति सजाएर राखिएका लक्ष्मी भगवानका तस्विर ।

रंग किन्ने ग्राहक पर्खदै पसल अघि एक बालिका: तिहारमा भाईटिकाका निम्ति सात रंगको प्रयोग गरिन्छ । साथै, अहिले नेपालमा पनि रंगौली बनाएर लक्ष्मी पुजा गर्ने चलन बढेको हुदा रंगको प्रयोग पनि बढेको छ ।

भाईटिकामा दिदिबहिनीले आफ्ना दाजुभाईको सत्रु नास हुन् / पराजित हुन भन्ने उद्धेश्यले ओखर फुटाएर खुवाउने चलन रहेको हुदा यो फलको पनि बिशेष महत्व रहेको छ ।

भाईटिकाका लागि मखमली फुलको माला बेच्न पसलमा माला मिलाउदै पसल साउनी भाईको आयु पनि मखामलिफुलाको जस्तै अमर होस् ,भाईको जिवन कहिले नोईलाओस भन्ने विश्वासले यो फुलको माला लगाईदिने प्रचलन छ ।

सडक किनारमा बेच्न राखिएको रातो माटोः रातो माटोले घर लिपेर सफा गरने र लक्षमी भित्राउने चलन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.