स्याङयोङ गाडीको नयाँ शाेरूम पोखरामा

  २०७५ असोज १६ गते १५:३४     विकासन्युज

काठमाडौ। स्याङयोङ गाडीको नेपालका लागि एकमात्र आधिकारिक वितरक तथा आइएमएस ग्रुप अन्तर्गतका व्यवसायमा अग्रणी स्थानमा रहेको आइएम एस मोटर्सले पोखराको बुद्धचोकमा आफ्नो नयाँ सोरुमको स्थापना गरेको छ । यहि अवसर पारेर स्याङयोङले “स्याङयोङ अनबिटेबल अफर ल्याएको छ ।

स्याङयोङ अन्बिटेबल अफर अन्तर्गत पोखरा स्थित स्याङयोङका मुल्यवान ग्राहकहरुलाई पूर्व बजेट मूल्य तोकिएको छ, पुर्ब बजेट मुल्यमा ५ लाख रुपैयाँसम्मको छुट, प्रत्येक स्याङयोङ गाडीको खरिदमा सामसुङ ग्याल्याक्सी नोट ९ क्राउन, एक्सचेन्जको सुबिधा लगायत ३ वर्षको वारेन्टी ९६ हजार किलोमिटरसम्म सुलभ इएमआइ, १ बर्षको निःशुल्क सडक कर ,१ बर्षको निःशुल्क बीमा, ५ बर्ष निःशुल्क सर्भिसिंग , निःशुल्क एक्स्यासरिज २५ हजार रुपैयाँसम्म सुविधा प्रदान गर्दैछ ।

“हाम्रा ग्राहकहरुले स्याङयोङ प्रति गरेको विश्वासका लागि हामी आभारी छौ । पोखरामा पनि कोरियन लक्जरी एस यु भी सुविधा प्रदान गर्न पाउँदा हामी निकै खुशी छौं । आइएमएस गु्रपका प्रमुख कार्यकारी निर्देशक दिकेश मल्होत्राले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.