भूकम्प पीडित कर्जा कार्यविधि संशोधन, २ प्रतिशत ब्याजमा १० वर्षसम्म ऋण पाउने

  २०७५ असोज ४ गते १६:३३     विकासन्युज

काठमाडौं । भूकम्प पीडितले १० वर्षसम्मका लागि २ प्रतिशत ब्याजमा सहुलित कर्जा पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले भूकम्प पीडितलाई प्रदान गरिने कर्जाको कार्यविधि संशोधन गरी यस्तो व्यवस्था गरेको हो । भूकम्प पीडितको कर्जा अवधि न्युनतम ५ वर्षसम्म अधिकतम १० वर्षसम्म रहने भएको छ । पुर्नरकर्जा अवधि सकिपछि ८ वर्षसम्म ब्याज अनुदान दिने नेपाल राष्ट्र बैंकले जनाएको छ ।

भूकम्प पीडितलाई दिने कर्जालाई विपन्नमा गणना गर्न पाइने व्यवस्था गरिएको छ । प्राथमिक पुँजी, कर्जा र निक्षेप अनुपात (सीसीडी) गणना गर्दा कुल कर्जाबाट घटाउन सकिने व्यवस्था गरिएको छ । पहिलो २ वर्ष शुन्य ब्याजदरमा कर्जा पाइने व्यवस्था गरिएको राष्ट्र बैंकका प्रवत्ता नारायणप्रसाद पौडेलले बताए ।

पुनरकर्जा अवधि व्यत्तित भएपछि निक्षेप लागतमा २ प्रतिशत थप गरी ब्याज लिन पाउने व्यवस्था गरिएको उनले जानकारी दिए । ऋणीले सम्झौता भन्दा अग्रिम कर्जा तिर्न चाहेमा शुल्क नलाग्ने व्यवस्था गरिएको छ । बैंक तथा वित्तीय संस्थाले भूकम्प पीडितलाई दिएको ऋण उठाउन नसकेपछि लिलामी प्रक्रिया अघि बढाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.