सेञ्चुरी बैंकको एटीएम ललितपुरको सनराइज टावरमा

  २०७५ भदौ २४ गते १६:१८     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ललितपुरस्थित सनराइज टावरमा नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएकोे छ ।

बैंकका सञ्चालक समितिका सदस्य राजेशराज दली र सनराइज टावर सोसाइटीका अध्यक्ष सुवर्ण बहादुर क्षेत्रीले संयुक्त रुपमा उक्त एटीएमको उद्घाटन गरेका छन् ।

उद्घाटन पश्चात् बैंकले ५१ वटा एटीएमबाट सेवा प्रदान गर्ने छ । हाल बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९१ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२१ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.