गाडीका लागि आवश्यक १०० अर्बका विभिन्न उपकरणहरु अायात, सबैभन्दा धेरै भारतबाट

  २०७५ भदौ १९ गते १३:२९     राजाराम न्याैपाने

काठमाडौं । एक वर्षको अवधिमा झण्डै १ खर्ब रुपैयाँका गाडीका लागि आवश्यक विभिन्न उपकरणहरु नेपालमा आयात हुने गरेको छ । गत आर्थिक वर्षमा ९८ अर्ब ५९ करोड २० लाख ५२ हजार रुपैयाँ बराबरको गाडीका पार्टस, लुब्रिकेन्टस र टायर नेपालमा आयात भएको हो ।

व्यापार तथा प्रवद्र्धन केन्द्रको तथ्याङक अनुसार ८६ अर्ब २९ करोड ७९ लाख ५३ हजारको विभिन्न मोडलका १ करोड ३८ लाख ९५ हजार ३०१ वटा गाडी र पार्टस आयात भएको छ । भारत, चीन, जापान, जर्मन र कोरिया लगायतका देशबाट गाडी र पार्टस् आयात भएका छन् ।

७ अर्ब ९९ करोड ८७ लाख रुपैयाँ बराबरको २२ करोड ९ लाख १२ हजार ९७९ वटा टायर र ट्युव विभिन्न देशबाट नेपाल भित्रिएको छ । सबैभन्दा धेरै भारतबाट ७ अर्ब ३० करोड ४८ लाखको २६ करोड ६६ लाख ३ हजार ९३७ वटा टायर र ट्युव नेपाल आयात भएको छ ।

यस्तै, ४ अर्ब २९ करोड ५३ लाख ८७ लाखको १ करोड ९१ लाख ९१ हजार ६७३ लिटर लुब्रिकेन्टस आयात भएको केन्द्रले जानकारी दिएको छ । सबैभन्दा धेरै लुब्रिकेन्टस भारतबाट आयात भएको छ । भारतबाट मात्रै ३ अर्ब ३३ करोड ६० लाख २१ हजार रुपैँयाको १ करोड ५९ लाख १६ हजार ४०१ लिटर लुब्रिकेन्टस आयात भएको छ । हाल नेपालमा भारत, चीन, जापान, जर्मन र फ्रान्स लगायतको देशबाट लुब्रिकेन्टस आयात भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.