मोटरसाइकलकाे मूल्य १ लाखसम्म बढ्याे, पल्सर २२० को ३ लाख ९ हजार, अरुको कति ? हेर्नुहोस् (सूचिसहित)

  २०७५ भदौ १७ गते १४:४७     खेमराज श्रेष्ठ

काठमाडौं । सरकारले आर्थिक विधेयक २०७५ मा सडक निर्माण दस्तुर र अन्तशुल्क वृद्धि गरेपछि मोटरसाइकलको मूल्य बढेको छ । चालु आर्थिक वर्षका लागि सबै कम्पनीहरुले मोटरसाइकलको मुल्य बढाएका हुन् । मोटरसाइकलकाे मूल्य १ लाख रूपैयाँसम्म बढेकाे कम्पनीहरूले जनाएका छन् ।

आर्थिक विधेयक २०७४ भन्दा २०७५ मा मोटरसाइकलको सीसी अनुसार सडक निर्माण दस्तुर र अन्तशुल्क कर बढाइएपछि यसकाे असर मूल्यमा परेकाे हाे । जसको असर स्वरुप मोटरसाइकलमा १ लाख रूपैयाँसम्म मूल्य वृद्धि भएको छ । नेपालमा चलेका बजाज, टिभीएस, यामाहा, केटिएम ड्युक, हिरो होण्डा, होण्डा, वनेली, राेयल इन्फिल्ड ब्राण्ड माेटरसाइकलकाे मूल्य बढेकाे हाे ।

केटिएम

केटिएम ड्युक

पछिल्लो समय नेपाली बजारमा आएको केटिएम ड्युक मोटरसाइकलको सबै उत्पादनमा मूल्य बढाएकाे छ । केटिएम मोटरसाइकलको ५ उत्पादनमा मूल्य समायोजन गरिएको छ । ड्युक २०० र २५०, २०० आरसी मा ३५ हजार ९०० रूपैयाँसम्म मूल्य बढेको छ । ड्युक ३९० मा १ लाख रूपैयाँ बढेको छ ।

 

बजाज

              बजाज

बजाजले पनि नयाँ मूल्य  लागू गरेको छ । कम्पनीको ब्राण्ड अफिसर डिजिटल मार्केटिङ प्रतिक उप्रेतिले सबै उत्पादनमा मूल्य समायोजन गरी लागू भैसकेको बताए । बजाजको पल्सर २२० एफको २ लाख ८६ हजार ९ हजारबाट बढेर ३ लाख ९ हजार पुगेको छ ।

यामाहा

यामाहा

यामाहा मोटरसाइकल कम्पनीको पनि मूल्य समायोजन भै सकेको व्यवस्थापक रमेश धनेखुले बताए । उनका अनुसार मूल्य समायोजन लागू भैसकेको छ ।

               हिरो

हिरो मोटरसाइकले पनि मूल्य समायोजन गरी लागू गरिसकेको मिडिया कोडिनेटर शीतल दाहालले बताइन् । हिरोले आफ्नो उत्पादनको हिरो एक्स्ट्रिम, एक्स्ट्रिम स्पोर्ट, एक्स्ट्रिम २०० एस, करिज्मा आर, करिज्मा जेठएआरको मूल्य समायोजन गरी लागू गरेको छ ।

टिभिएस

                                      टिभिएस

टिभिएस मोटरसाइकलले पनि मूल्य समायोजन गरी सकेको छ । कम्पनीका मिडिया कोडिनेटर बिक्रम पौडेलका अनुसार केहि उत्पादनमा मूल्य समायोजन भई लागू भैसकेको छ ।

 

 

 

                                       होण्डा

यसैगरी, होण्डा मोटरसाइकलमा पनि मूल्य समायोजन भैसकेको छ । होण्डाको उत्पादन मध्ये पछिल्लो समय लोकप्रिय बनेको २ लाख ६५ हजारमा पाइने होर्नेट मोटरसाइकलको मूल्य २ लाख ९९ हजार पुर्याइएको छ ।

यसैगरी नेपालमा रहेका बनेली, रोयल इन्फिल्ड लगायत कम्पनीले पनि मूल्य समायोजन गरिसकेका छन् ।  नेपालमा मोटरसाइकल लोकप्रिय साधनको रुपमा विकास हुँदै गएको छ । यातायात व्यवस्था विभागको तथ्यांक अनुसार हाल नेपालमा मोटर साइकलको संख्या २५ लाख ३० हजार पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.